ओमानलाई हराएसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमै

काठमाडौं, १९ असार : नेदरल्यान्ड्सले आईसीसी विश्वकप छनोटको सुपर सिक्समा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले पराजित गरेको छ । यो जितसँगै नेदरल्यान्ड्सले आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

जितका लागि ३ सय ६३ रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभरमा ६ विकेट गुमाएर २४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । त्यसअघि हरारे स्पोर्ट्रस क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६२ रन बनाएको थियो ।

नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारकासाथ ४ अङ्ककासाथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सले अन्तिम खेल पर्सि बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । यो खेलमा नेदरल्यान्ड्स विजयी भएमा ६ अङ्क हुनेछ । तर ६ अङ्क भने विश्वकप खेल्न पर्याप्त हुनेछैन ।

आज स्कटल्यान्डले जिम्बावेसँग खेल्दैछ ।

यो खेलमा जिम्बावे पराजित भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स विजयी भए तीन वटा टोलीको समान ६ अङ्क हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहँदै नेदरल्यान्ड्सले विश्वकप खेल्न सक्छ । श्रीलङ्का ४ खेलमा ८ अङ्कका साथ विश्वकपमा पुगिसकेको छ ।

आजको खेलमा स्कटल्यान्डलाई हराए जिम्बावे विश्वकपमा पुग्नेछ । ओमान र वेस्टइन्डिज विश्वकपबाट बाहिरिसकेका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ