ट्विटरकाे लाेगाे परिवर्तन, निलाे चराकाे ठाउँमा अब ‘एक्स’

काठमाडौं, ८ साउन : एलन मस्कले ट्विटरकाे लाेगाे फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलाे रङकाे चरा रहेकाेमा मस्कले यसको साटो अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् । ट्विटरकाे नयाँ डिजाइनमा कालाे पृष्ठभूमिमा सेताे रङकाे ‘एक्स’ देख्न सकिन्छ ।

मस्कले आफ्नाे प्राेफाइल फाेटाे पनि फेरेर ‘एक्स’ राखेका छन् । मस्कले यसअघि पनि ट्विटरको लोगो निलाे रङकाे चराकाे सट्टा कुकुर भएकाे लाेगाे सार्वजनिक गरेका थिए । तर पछि उनले फेरि निलाे चरालाई नै ट्विटरकाे लाेगाे बनाएका थिए ।

एलन मस्कले गएकाे वर्षकाे अक्टाेबर २७ मा ट्विटर किनेका थिए । त्यसयता मस्कले आधाभन्दा कर्मचारी कटाैतीदेखि पैसा तिरेर ‘ब्लु–टिक’ दिनेसम्मका व्यवस्था गरेका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ