काठमाडौं, १४ साउन :
फिफा महिला विश्वकप फुटबलमा कोलम्बियाले जर्मनीमाथि रोमाञ्चक जित निकालेको छ ।
आज आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो । कोलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गोल गरिन् । जर्मनीका लागि एलेक्जान्द्रा पोपले सान्त्वना गोल गरिन् ।
कोलम्बियाले खेलको ५२ औँ मिनेटमा केसिडाको गोलमार्फत अग्रता लिएको थियो । ८० औँ मिनेटमा जर्मनीकी पोपले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयको ७ औँ मिनेटमा वनेगासको गोलमा कोलम्बियाले जर्मनीमाथि रोमाञ्चक जित निकाल्यो । जर्मनीले सन् १९९५ पछि पहिलो पटक विश्वकपको समूह चरणमा हार बेहोरेको हो ।
यो जितसँगै कोलम्बिया २ खेलमा ६ अङ्कसहित समूह ुएचु को शीर्ष स्थानमा उक्लिएको छ । जर्मनी २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ ।





