जनयुद्ध दिवसमा बिदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, १३ पौष : सर्वोच्च अदालतले अबदेखि जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले फागुन १ गते जनयुद्ध दिवसको दिन बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चले व्याख्या गरेको छ । सरकारले गएको वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने