रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, २१ बैशाख : आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ४ बजेदेखि बैठक बस्ने सचिवालयले जनाएको छ । बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ ।

वैशाख १५ गते भएको इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । यसैगरि बैठकमा आगामी केन्द्रीय समिति बैठकका साथै सहित अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ