इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

काठमाडौं, २५ बैशाख : इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । गएराति इङ्ल्यान्डको एल्डरशटमा रहेको ईबीबी स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो ।

इङ्ल्यान्ड लागि खेलको आठौँ मिनेटमा निक काबाम्बाले पहिलो गोल गरेका थिए । त्यस्तै १३ औँ मिनेटमा क्यालाम स्टेडले गोल गरे । यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड भ्रमणमा गएको हो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने