अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुरु हुँदै

काठमाडौं, ११ जेष्ठ : नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता आज शुरु हुँदैछ । सातदोबाटोमा रहेको कराँते महासङ्घको एकेडेमीमा आयोजना हुने प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्ग्लादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबाहदुर बुढामगरले जानकारी दिनुभयो ।

पर्सि आइतवारसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ