नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवाहक अध्यक्षमा अर्जुन रसाईली

चितवन, २७ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवाहक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले जिम्मेवारी पाएका छन्।  रसाईली महासंघको आसन्न चौंथो महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार हुन्।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य भोली देखि वैदेशिक भ्रमणमा जानुपर्ने भएको हुनाले अध्यक्ष शाक्यको उपस्थिति नहुँदा सम्मको लागि महासंघको नियमित कार्यहरु गर्न गराउनको लागि वरिष्ठ उपाध्यक्ष रसाईलीलाई आज अख्तियारी पत्र अध्यक्ष शाक्यले हस्तान्तरण गरेका हुन्।

वि.सं २०५३ सालदेखि सुनचाँदी व्यवसायमा संग्लन रसाईली २०६२-६५ सम्म नेपाल सुनचाँदी व्यवसायी संघ  शाखा चितवनको कार्यसमिति सदस्य, २०६५-६८ सम्म नेपाल सुनचाँदी व्यवसायी संघ शाखा चितवनको अध्यक्ष, २०६९-७० सम्म नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समिति सदस्य, २०७०-७३ सम्म महासंघको उपाध्यक्ष, २०७३-७७ सम्म महासंघको प्रथम उपाध्यक्ष र २०७७ देखि हालसम्म महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका छन्।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी