नेपाली विद्यार्थी लिन वाइडबडी जहाज आज चीन जाँदै

काठमाडौँ, ३ फागुन :
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा उद्दारको पर्खाइमा रहेका १ सय ८० नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज दिउँसो पौने तीन बजे वुहान जाँदैछ। नेपाली विद्यार्थीलाई लिएर जहाज वुहानबाट आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाजमा जानेहरूको नाम भने खुलाइएको छैन। तर, उक्त जहाज नेपाल फर्किएपछि जहाजका पाइलटसहित चालक दलका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिने भएको छ । चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली विद्यार्थी जम्मा पार्ने तयारी थालेको छ ।

हुबेई प्रान्तमा रहेका सबै विद्यार्थीलाई राजधानी वुहानमा भेला गरिनेछ । वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन लागेको हो । वुहानबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईवटा भवन तयार पारेको छ ।

यसअघि सरकारले चीनबाट आफ्ना नागरिकलाई उद्दार गर्न ढिलाई गरेको भन्दै आलोचना भएको थियो। वुहानमा रहेका विद्यार्थीका अभिभावकले समेत सरकारलाई ताकेता गरेका थिए।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’