टी–२० विश्वकप क्रिकेट : इंग्ल्यान्डले नामिबियालाई हरायो, भारत र क्यानडाले अङ्क बाँडे

काठमाडौं, २ आषाढ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । गएराति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न हिजोको खेल जित्नैपर्ने दबाब थियो । समूह ‘बी’ मा रहेको इंग्ल्यान्डको चार खेलमा पाँच अङ्क भएको छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा छ अङ्कसहित सुपर आठमा पुगिसकेको छ ।

अब इंग्ल्यान्डले सुपर आठमा पुग्न स्कटल्यान्ड र अस्ट्रेलियाबीचको खेल कुनुपर्नेछ । तीन खेलमा समान पाँच अङ्ककका साथ स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्यान्डले अन्तिम आठमा पुग्न अस्ट्रेलियालाई हराउनुपर्ने हुन्छ । स्कटल्यान्ड पराजित हुँदा नेट रन रेटका आधारमा इंग्ल्यान्ड सुपर आठमा पुग्नेछ । अहिले स्कटल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल चलिरहेकाे छ ।

अस्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेकाे छ । हिजो बेलुका हुनुपर्ने समूह ‘ए’ को भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको छ । फ्लोरिडामा वर्षाका कारण टस समेत हुन सकेन । यो समूहबाट भारत सात अङ्कसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै पाँच अङ्कका साथ आयोजक अमेरिका पनि यसअघि नै सुपर आठमा पुगिसकेको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने