टी–२० विश्वकपमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं, १० असार : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इङ्ल्यान्डले नौ ओभर चार बलमै कुनै विकेट नगुमाई भेटायो ।

इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले अविजित ८३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८ ओभर पाँच बलमा एक सय १५ रनमा अल आउट भयो । अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए । जीतपछि सुपर आठको समूह दुई मा तीन खेलबाट चार अङ्कसँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान दुई खेलमा दक्षिण अफ्रिकाको चार र वेस्ट इन्डिजको दुई अङ्क छ ।

अमेरिका भने अङ्कबिहीन हुँदै बाहिरिएको छ । अहिले दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीच खेल भइरहेको छ । आजको खेल जित्ने टोली यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोली बन्ने छ । टी–२० विश्वकपमा आजै राति सवा ८ बजे अस्ट्रेलिया र इन्डिया पनि खेल्दैछन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने