उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं, १८ असार : उरुग्वे कोपा अमेरिका फुटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । समूह ‘सी’ को अन्तिम खेलमा आज बिहान अमेरिकालाई १–० गोलले हराएर उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।

एरोहेड स्टेडियममा भएको खेलमा म्याथिएस ओलिभेराले गरेको एक गोल नै निर्णाय बन्यो । यो खेलसँगै एक खेल मात्र जितेको अमेरिका समूह चरणबाटै बाहिरिएको छ । यसैबीच समूह ‘सी’ कै अर्काे खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले हराएको छ । आज बिहान इन्टर एण्ड को स्टेडिएममा भएको खेलमा बोलिभियालाई हराएपछि समूहको दोश्रो हुँदै पानामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पानामाका जोस फजार्डो, इडुआडो गुरेरो र सिजर यानिसले समान एक गोल गरे । बोलिभियाका मिरान्डाले एक गोल फार्काए । एक खेल पनि नजितेको बोलिभिया समूह चरणबाटै बाहिरिएको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने