टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौं, १९ असार : टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा अष्ट्रियालाई हराउँदै टर्की र गएराति भएको खेलमा रोमानियालाइ हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको हो । टर्कीले अष्ट्रियलाई २–१ गोलले र नेदरल्यान्ड्सले रोमानियालाई तीन गोलले हरायो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए ।

अष्ट्रियाले खेलको ६६ औँ मिनेटमा एक गोल फर्कायो ।यस्तै नेदरल्यान्ड्सकाे जीतमा पामा डोनिएल मालेनले दुई तथा कोडी गाक्पाेले एक गाेल गरे । योसँगै युरोकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । क्वाटरफाइनलका अरू खेलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलसँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने