ब्राजील र कोलम्बीया कोपा अमेरिका फुटबलकाे क्वाटरफाइनलमा

काठमाडौं, १९ असार : कोपा अमेरिका फुटबलमा ब्राजील र कोलम्बीया क्वाटरफाइनलमा पुगेका छन् । लेभिस स्टेडिएममा भएको समूह ‘डी’ अन्तर्गत को अन्तिम खेलमा आज बिहान ब्राजील र कोलम्बीया १–१ गोलको बराबरी खेलेसँगै दुवै टिम क्वाटरफाइनलमा पुगेका हुन् । ब्राजीलका राफिन्हा र कोलम्बीयाका डेनियल मुनोजले समान एक गोल गरे ।

कोलम्बीया तीन खेलबाट सात अङ्कसहित समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुग्यो । समान खेल खेलेको ब्राजील पाँच अङ्कसहित दोश्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । यसैबीच समूह ‘डी’ कै अर्काे खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ गोलले हराएको छ । आज बिहान क्यु टू स्डेडियममा भएको खेलमा कोस्टारिकाले पाराग्वे हराएको हो ।

कोस्टारिकाका फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले समान एक गोल गरे । पाराग्वे रामोन सोसाले एक गोल फर्काए । दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् । आजको खेलसँगै कोपा अमेरिका २०२४ को क्वाटरफाइनल खेल्ने टिमको टुङ्गो लागेको छ । अब ब्राजीलले उरुग्वे तथा कोलम्बीयाले पानामासँग खेल्नेछ । त्यस्तै अर्जेन्टिना र इक्वेडर तथा भेनेजुयला र क्यानडा खेल्नेछन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने