आईसीसी च्याम्पियन्स ट्रफी २०२५ : स्टेडियम मर्मत गर्न पाकिस्तानले १७ अर्ब रुपी छुट्यायाे

काठमाडौं, २४ असार : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तयारी शुरु गरेको छ । प्रतियोगिताको तयारीका लागि पीसीबीले स्टेडियम मर्मतका लागि १७ अर्ब रुपी छुट्याएको सञ्चारमाध्यम आउटलुकले जनाएको छ । पीसीबी बोर्ड अफ गभर्नर्सको बैठकले कराँची, लाहोर र रावलपिन्डीमा रहेको स्टेडियमम ममर्तका लागि रकम छुट्याएको खबरमा उल्लेख छ ।

यस्तै बैठकले महिला क्रिकेटका लागि २४ करोड रुपी छुट्याएको छ । यो रकम यसअघि छुट्याइएको ७ करोड रुपीभन्दा ३ गुणा धेरै हो । पीसीबीका अध्यक्ष मोहसिन नक्वीले च्याम्पियन्स ट्रफीका सबै खेल पाकिस्तानमै हुने र आउँदो महिनाको अन्तिममा कोलम्बोमा हुने आईसीसीको वार्षिक बोर्ड बैठकमा यसबारे छलफल हुने जानकारी गराउनुभएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले आईसीसी च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई प्रस्ताव गरेको छ । यद्दपि यो प्रतियोगितामा भारतको सहभागितालाई लिएर टुङ्गो लागिसकेको छैन ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने