चितवनको भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा

तस्बिर : रासस
तस्बिर : रासस

चितवन, २७ असार : चितवनको भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राध्यापक डा.कृष्णप्रसाद पौडेलकाअनुसार हिजो प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।

पौडेलकाअनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरिएको हो । स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार रुपैयाँ शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उहाँले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई यो सेवा दिन सकिने छ ।

अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । भरतपुर अस्पतालमा अब ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी छ । -रासस

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी