काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दै

काठमाडौं, ४ असोज : काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दैछन् । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।

नेपाल पुलिस क्लब एक खेल अगावै च्याम्पियशिपको फाइनल प्रवेश गरेको छ । हिजोसम्म भएका चार खेलमै नेपाल पुलिस अपराजित रहँदै फाइनल पुगेको हो । प्रतियोगितामा पुलिस शीर्ष स्थानमा छ ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलङ्काको श्रीलङ्का एयर फोर्स, ताजकिस्तानको डाइमेड र माल्दिभ्सको वोम्को क्लबलाई पराजित गरेको हो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ