काठमाडौं, १३ असोज : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो । जीतसँगै लिभरपुलको छ खेलमा १५ अङ्क भएको छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान छ खेलमा १४ अङ्क छ । सिटीले गएराति भएको खेलमा न्यूक्यासलसँग एक/एक गोलको बराबरी खेल्यो । त्यस्तै अर्को खेलमा चेल्सीले ब्राइटनलाई र आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले तथा एर्भटनले क्रिस्टल प्यालेसलाई २–१ गोलले र फुलहमले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ ।
तेस्रो स्थानमा रहेको आर्सनलको समान छ खेलमा १४ अङ्क छ । त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको छ खेलमा १३ अङ्क छ । ब्रेन्टफोर्ड र वेस्टह्यामले एक/एक गोलको बराबरी खेलेका छन् ।




