दाउन्नेमा आज रातभर सडक बन्द हुने

तस्वीर : रासस

नवलपरासी , १५ असोज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज रातभर सडक बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना निकालेर आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

हिजो सोमवार दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको र बिजुलीको प्रसारण लाइन ढलेको थियो । भासिएको सडक मर्मतका लागि रातभर सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

भासिएको सडक मर्मत गरेर आज बिहानदेखि गाडी चलाउन थाले पनि सडकमा थप मर्मतको काम गर्नुपर्ने भएकाले सडक नै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने