च्याम्पियन्स लिगमा सिटी, बार्सिलोना र आर्सनल विजयी

काठमाडौं, १६ असोज : युरोपेली च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी, बार्सिलोना र आर्सनल विजयी भएका छन् । सिटीले स्लोभान ब्राटिसलाभालाई ४ गोलले तथा बार्सिलोनाले योङ्ग ब्वाइजलाई ५ गोलले हराएको छ । सिटीले पहिलो खेलमा बराबरी खेलेको थियो भने ब्राटिसलाभाले हारेको थियो ।

यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए । अरु खेलमा ब्रिस्टले आरबी साल्जबर्गलाई ४–० गोलले, डर्टमन्डले सेल्टिकलाई ७–१ गोलले हराएको छ । लेभेरकुसेनसँग एसी मिलान एक गोलले पराजित हुँदा इन्टर मिलानले क्रेभेना जेभेज्दालाई ४ गोलले हराएको छ । लेभेरकुसेनले पहिलो खेल जितेको थियो भने मिलानले हारेको थियो । इन्टरले पहिलो खेलमा बराबरी खेलेको थियो भने जेभेज्दाले हारेको थियो । यस्तै आर्सनलले पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दुई गोलले हराएको छ ।

पीएसजीले पहिलो खेल जितेको थियो भने आर्सनलले बराबरी खेलेको थियो । त्यस्तै पीएसभी र स्पोर्टिङ तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहाले एक÷एक गोलको बराबरी खेलेका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ