एन्फा महिला लिग : पहिलो चरणको अन्तिम खेलमा आज पुलिस र सङ्कटा खेल्दै

काठमाडौं, १८ असोज : एन्फा महिला लिग फुटबलमा पहिलो चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र सङ्कटा क्लब खेल्दैछन् । यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणवश आज हुन लागेको हो ।

यो खेल दिउँसो १ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुने एन्फाले जनाएको छ । लिगमा १० वटा टोली सहभागी भएकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष ५ मा रहँदै दोस्रो चरणमा पुगेका छन् ।

यस्तै बाग्मती युग क्लब, सङ्कटा क्लब, रौतहटको चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम बाहिरिएका छन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ