टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं, ३० असोज : टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा घरेलु टोली श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएको छ । हिजो दम्बुलामा भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ७३ रनले हराएको हो ।

श्रीलङ्काले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १६ ओभर १ बलमा ८९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । यसअघिको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलङ्कलाई ५ विकेटले हराएको थियो ।

तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा छ । टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि बिहीवार हुनेछ । त्यसपछि श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला शुरू हुनेछ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ