नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने

गन्तव्यतर्फ जाँदै सवारी साधन मलेखु (धादिङ), १४ असोजः गत शुक्रबारदेखिको अविरल वर्षाका कारण झरेको पहिरो पन्छाएपछि गन्तव्यतर्फ जाँदै गरेका सवारी साधन । पहिरोका कारण पृथ्वीराजमार्गको ठाउँ ठाउँमा सडक एकतर्फी भएपनि नागढुँगादेखि मुग्लिनसम्म सडकमा अवरोध छैन । तस्बिरः शंकर श्रेष्ठ÷रासस

काठमाडौं, ५ पुस : पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड पर्सि ७ गते आइतवारदेखि १३ गते शनिवारसम्म आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डले जनाएको छ ।

सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार सात दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुनेछ । यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

पोखरेभीरको मोड सुधारका लागि यस अवधिमा नौबिसेबाट गजुरी छिर्ने ठूला गाडीलाई गल्छी–बैरेनी र हलुका गाडीलाई जरेखेतमा रोकिनेछ । मलेखुतर्फबाट नौबिसे छिर्ने ठूला गाडीलाई चालिसे र हलुका गाडीलाई घाटबेँसीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ