देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, ७ पुस : अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी दिनमा नेपालको पश्चिमी भूभागमा चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि कर्णाली क्षेत्रमा यसको प्रभाव बढी देखिनेछ । सोमबार यसमा अझै वृद्धि हुनेछ भने त्यसको असर लुम्बिनी प्रदेश हुँदै काठमाडौँसम्म पनि आइपुग्ने जनाइएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटपुट वर्षा हुनसक्ने र चिसो बढ्ने विभागले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो