काठमाडौं, २५ पुस : सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।





