माघे सक्रान्तिको अवसरमा माडीमा फुटसल प्रतियोगिता हुँदै

चितवन , २६ पुस :  माघे सक्रान्तिको अवसर पारेर चितवनको माडीमा फुटसल प्रतियोगिता हुने भएको छ । चितवनको माडी ७ दिवानगरमा रहेको डाइनमिक युवा क्लाबको आयोजनमा फुटसल प्रतियोगिता हुन लागेको हो ।

पाचौ माघे सक्रान्ती कप – २०८१ सेभेन ए साइड फुटसल प्रतियोगिताको नामले माडी दिवानगरको खुल्ला मैदानमा कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष बिजय तिमिल्सिनाले बताउनु भयो । पुस २७ गते बाट माघ १ गते सम्म संचालन हुने खुल्ला प्रतियोगितामा माडी लगायतका विभिन्न स्थान तथा क्षेत्रमा रहेका विभिन्न क्लब र खेलाडीहरु समाबेश हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ट्रफी मेडल सहित ३० हजार तथा दोश्रो हुनेले ट्रफी मेडल सहित १५ हजार नगद पुरस्कार पाउने आयोजक क्लवका सचिव सुचित जैसीले बताउनु भयो ।

खेल सगै माघे सन्क्रान्तिकै अबसरमा खेल मैदान सगै रहेको रेवा त्रिबेणिधाममा बिगत देखि नै लाग्दै आएको माघे सन्क्रान्ति मेला समेत हुने भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा