काठमाडौं, १३ माघ : प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन २०८१ सम्पन्न भएको छ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् भने उपाध्यक्षमा नवीन बाबु मराठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन भएका छन् । अन्य पदाधिकारीमा सचिव सुरेन कुँवर, सहसचिव हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई छन् । कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन् ।
सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
महानगर कमिटीमा अध्यक्ष किशोर चन्द्र सापकोटा, उपाध्यक्ष रबिनचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन सुवेदी चयन भएका छन्। सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित एकजना थप गरी ११ सदस्य निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन् ।
यो अधिवेशनले संगठनलाई थप सुदृढ गर्दै पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ ।



