एलन मस्क अमेरिकी सरकारकाे विशेष कर्मचारीका रूपमा नियुक्त

काठमाडौं, २२ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त गर्नुभएको छ । ट्रम्पले मस्कलाई यसअघि सरकारको आकार घटाउने काम दिएकामा अब भने उहाँलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले जनाएको छ ।

योसँगै अब मस्कले सङ्घीय सरकारका लागि पनि काम गर्न सक्ने अमेरिकी समाचार संस्था वाशिङ्टन पोस्टले जनाएको छ । मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ का रूपमा वर्गीकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले बताउनुभएको छ ।

उहाँका अनुसार यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने तर कानूनको भने पालना गर्नुपर्ने छ । विशेष सरकारी कर्मचारी पद बढीमा एक सय ३० दिनका लागि मात्रै हुन्छ । मस्कले सङ्घीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने बताउँदै आउनुभएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ