सुनिल पौडेल, चितवन, २४ माघ : नेपालमा जीवन बीमाको दायरा बढ्दै गए संगै विभिन्न उत्सवहरुमा जीवन बीमा पोलिसि खरिद गर्ने गरी उपहार दिने क्रम बढदै गएको छ । सोही अनुरुप चितवनको रत्ननगर ३ निवासी विष्णु प्रसाद पन्तले आफ्नो श्रीमती राधिका सुवेदी पन्तलाई सूर्यज्योति लाइफ इन्स्योरेन्सको सूर्यज्योति सावधिक बीमा योजनाको बीमा पोलिसी उपहार दिएका छन् ।
२७ वर्ष अघि वि.सं २०५४ साल माघ २४ गते पन्त दम्पतीको विवाह भएको थियो । बीमा पोलिसि खरिद गर्ने पन्त दम्पतिलाई वैवााहिक जीवनको सफलताको शुभकामना सहित चितवन – पर्सा शाखाले स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एजेन्सी म्यानेजर डा.प्रकाश वाग्ले, एजेन्सी म्यानेजर प्रतिमा पौडेल पाण्डे सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।



