अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

President Donald Trump

काठमाडौं, २५ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्ड को हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योव गालान्टमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

ट्रम्पले अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलको साथमा रहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका एक सय २४ देश सदस्य छन् । तर अमेरिका, इजरायल, रुस र चीनसहितका देश सदस्य छैनन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी