माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने

काठमाडौं, २५ माघ : माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गर्नुभएको हो ।

फ्लोटिङ्ग सोलार परियोजना सौर्य प्यानलहरू पानीको सतहमा रहने र जलस्रोतको प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो । माल्दिभ्सको सरकारले यस वर्ष विदेशी लगानीकर्तालाई विशेष आर्थिक क्षेत्र विकासमा अनुमति जारी गर्ने योजना बनाएको छ ।

राष्ट्रपति मुइज्जुले फ्लोटिङ्ग सोलार परियोजनाले देशको गैरनवीकरणीय ऊर्जा स्रोतमा निर्भरता घटाउने र एक सय मेगावाट सौर्य ऊर्जा राष्ट्रिय विद्युत् ग्रिडमा थप्ने लक्ष्य लिएको समेत बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ