अर्को चुनावको लागि तयारी गर्नुहोस्: केन्द्रीय अध्यक्ष रसाईली

अमिर रामदाम
चितवन, २८ माघ : महासंघको गतिविधिहरूको फोटो सामाजिक सञ्जालमा नदेख्दैमा महासंघले केहि पनि गरेको छैन् भन्ने मनस्थिति नराख्न नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले सबै व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ।

महासंघको चौंथो महाधिवेशनमा पराजित समूहले व्यवसायीहरू माँझ भ्रमको खेती गर्दै महासंघलाई बदनाम गर्ने कार्य गरिरहेको केन्द्रीय अध्यक्ष रसाईलीले बताउनु भएको छ।  उहाँले भन्नुभयो “महासंघलाई बदनाम गर्ने कार्य अन्त्य गरी अर्को चुनावको लागि तयारी गर्नुहोस् ।”

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा आयोजित रमाईलो बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष रसाईलीले सो कुरा बताउनुभएको हो।

केन्द्रीय अध्यक्ष रसाईलीले आफूहरूले फोटोलाई भन्दा कामलाई प्राथमिकता दिँदै महासंघको गतिविधि संचालनमा अग्रसर रहेको जानकारी दिनुभएको छ ।

संघका चितवन अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, महासंघका प्रवक्ता अधिवक्ता जीवन ज्योति विश्वकर्मा, महासंघकी सदस्य ऋतु विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न चार मनोरञ्जनात्मक खेलहरु सञ्चालन गरिएको थियो। जसअनुसार छेलो फाल्ने प्रतियोगितामा विजेता शंकर सुनार (माडी) र उपविजेता विकाश सुनार रहेका छन्। म्युजिकल चियर प्रतियोगितामा प्रथम कोपिला सुनार, द्वितीय विष्णु पौडेल र तृतीय ज्ञानु सुनार हुनुभएको छ।

घैंटो फुटाउने प्रतियोगितामा आर्यन सुनार (माडी) विजेता भएका छन् भने तातो आलु खेल प्रतियोगितामा शाकुरा दियाली(माडी) विजेता भएकी छिन् । त्यस्तै संघद्वारा आयोजित लक्की ड्र मा माडीबाटै संघका जिल्ला सदस्य तथा माडीका पूर्व अध्यक्ष खिमलाल सुनारले विशेष उपहार प्राप्त गरेका छन्।

कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कको संयोजकत्वमा आयोजना भएको थियो भने कार्यक्रमको सहजीकरण संघका महासचिव गोपाल बहादुर वि.क थापाले गर्नु भएको थियो।

संबन्धित शिर्षकहरु

एन्फाको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनिश्चितकालका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो