हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

President Donald Trump

काठमाडौं, २९ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने बताउनुभएको हो ।

उहाँले युद्धविराम सम्झौताअनुसार हमासले बन्दी रिहा नगरे फेरि युद्ध शुरू गरेर हमासलाई सिध्याउने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा नगर्ने बताएको छ ।

हमासले बन्धकको रिहाइ बन्द गर्ने भनेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या आएको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक