गिता दराई घिमिरे, चितवन, ३० माघ : सासू आमाको वार्षिक पुण्य तिथिको अवसरमा बुहारीले राप्ती नगरपालिका वडा नं ८ बजरहट्टीमा रहेको नेपाल बहिरा आवासीय माध्यमिक विद्यालयमा स्टेसनरी वितरण गरेकी छिन् ।
राप्ती नगरपालिका भण्डारा निवासी रुपा वि.सिले स्वर्गीय सासु आमा पार्वती खाती सुनारको सम्झनामा विद्यालयमा पढ्ने विद्यार्थीलाई केही राहत होस् भन्ने अभिप्रायले शौक्षिक सामाग्री वितरण गरेको बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल बहिरा आवसीय माध्यमिक विद्यालयका प्रधानाध्यापक मिठु पाठकले शिक्षाप्रेमी रुपा बि.सिले शौक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयमा हुने यस्ता सहयोग विद्यार्थीको मनोबल समेत उच्च हुने उनले बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।



