अमेरिकामा बर्खास्तीमा परेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास

काठमाडौं, ५ फागुन : अमेरिकी सरकारले केही दिनअघि निकालेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको छ । राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भन्दै अमेरिकाले आफैँले बर्खास्त गरेका कर्मचारीहरूलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ ।

गएको बिहीवार अमेरिकाको ऊर्जा विभागअन्तर्गतको राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एनएनएसए) का तीन सय कर्मचारीहरूले बर्खास्त पत्रहरू प्राप्त गरेका खबरमा उल्लेख छ । विभागले अमेरिकी आणविक हतियार भण्डारको डिजाइन, निर्माण र निरीक्षणको जिम्मेवारी सम्हाल्है आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च कम गर्न सङ्घीय कार्यबलबाट ठूलो सङ्ख्यामा कर्मचारी घटाइरहेका छन् ।

गएको जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिनदेखि नै उहाँले यो अभियान तीव्र पार्नुभएको छ । ट्रम्प प्रशासनले हजारौँ कर्मचारीलाई इमेल, भिडियो कल लगायतका माध्यमबाट कर्मचारीको बर्खास्त गर्दै आएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ