वीरगञ्ज भन्सारमा राजस्व सङ्कलन बढ्यो, सात महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ उठ्याे

काठमाडौं, ९ फागुन : वीरगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गएको आर्थिक वर्षको यही अवधिमा सङ्कलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो ।

कार्यालयले सात महिनामा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो ।

गएको साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठेको थियो । सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न निर्देशन दिएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी