नेपाल बसोबास संरक्षण समाजको आयोजनामा ४५ जनाले गरे रक्तदान

चितवन, ६ असार ।
नेपाल बसोबास संरक्षण समाजको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १३ महिला सहित कुल ४५ जनाले रक्तदान गरेका छन् । गणेशधाम टोल विकास संस्थाको भवन परिसरमा आयोजित कार्यक्रमको उद्घाटन समाजसेवी छबिलाल देवकोटाले गर्नुभएको थियो भने अध्यक्षता ईकाई अध्यक्ष तथा नगर सचिव रुक बहादुर परियारले गर्नुभएको थियो ।

कोभिड १९ को संक्रमण बढिरहेका बेला उत्पन्न रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको जिल्ला युवा अध्यक्ष अस्विन परियारले बताउँनुभयो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’