माडी नगरको प्राथमिकतामा सडक र भवन निर्माण

सरोज खनाल, चितवन, १२ चैत : माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागी सडक कालोपत्रे र भवन निर्माणका योजनालाई प्राथमिकता दिएको छ । नगरको ४१औं कार्यपालिका बैठकले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि संघ र प्रदेश समपुरक योजना र विशेष अनुदानका लागि योजना छनोट गरेको हो ।
बैठकले संघीय समपुरक योजनाका रुपमा वडा नं. ८ स्थित एनसेल टावरबाट शिवद्वार हुँदै वडा नं. ७ सम्म कालोपत्रे सडक निर्माण गर्ने योजना प्रस्ताव गरेको छ ।

त्यस्तै, संघीय विशेष अनुदान तर्फ बघौंडा अस्पतालको भवन निर्माण र सोमेश्वर मा.वि.बरुवाको लागि भवन निर्माण योजना छनौटमा राखेको छ । त्यसैगरि प्रदेश विशेष योजनाका रुपमा माडी ५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयकोे भवन निर्माण पुरा गर्ने योजनालाई छनौट गरिएको छ ।

त्यस्तै समपुरक योजनास्वरुप वडा नं. ४ सिधुवा चोकदेखि वडा कार्यालय हुँदै वडा नं. ५ जाने बाटो, सिधुवा चोककै क्लब भवनदेखि वडा नं. २ जोड्ने बाटो र वडा नं. ९ गणेशकुञ्ज चोकदेखि श्रीगणेश आधारभूत विद्यालयबाट सागबारी हुँदै वडा नं. ८ बैकुण्ठधाम पुग्ने सडक कालोपत्रेको योजना बागमती प्रदेश सरकार समक्ष पेश गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी