आज गङ्गादशहरा मेला मनाइँदै

काठमाडौं, २२ जेष्ठ : आज गङ्गादशहरा मेला मनाइँदैछ । हरेक वर्ष जेठ शुक्लदशमीको दिन यो मेला मनाइन्छ । मेलाको अवसरमा रसुवाको गोसाइँकुण्ड, कैलालीको बेहडाबाबालगायतका धार्मिक स्थलमा दर्शनार्थीको घुइँचो लागेको छ ।

गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी देश भारतका विभिन्न ठाउँबाटसमेत दर्शनार्थी पुगेका छन् । मेलाका अवसरमा धनगढी उपमहानगरपालिकामा आज बिदा दिइएको छ । यस्तै कञ्चनपुरका चार पालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

बेलौरी र पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिकाले आज एक दिनको बिदा दिएका छन् भने लालझाडी गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा