नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर सञ्चालनमा आँउदै

चितवन, २ साउन : चितवनको खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर सञ्चालनमा आउदै छ । यहि साउन ५ गतेबाट नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर सञ्चालनमा आउने अध्यक्ष कृष्ण जंग श्रेष्ठले बताए । उनका अनुसार अत्याधुनिक प्रविधिको QRMA मेसिनद्धारा WHOLE Body Scan गरि चेक गरिन्छ ।

 

नशा तथा हाडजोर्नी, प्यारालाइसिस,माइग्रेन, पाइल्स, ग्याष्ट्रिक, कब्जियत, अल्सर, प्रेसर, सुगर, नशा च्यापिएको, बाथ, युरिक एसिड लगायतका रोगहरुको उपचार हुनेछ । अध्यक्ष श्रेष्ठका अनुुसार फिजोयोथेरापी, स्टिम बाथ र Detox मा विशेष छुट सुविधा रहेको बताए । नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर ५ जना युवाहरुको संयुक्त लगानीमा सञ्चालनमा आउदै छ । नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टरमा डाक्टर प्रकाश वाग्ले चेक जाँच गर्ने बताए ।

भारत स्थित राजशस्थानको जयपुर अक्कुप्रेशर रिसर्ज एण्ड ट्रेनिङ्क इन्स्टिच्युटमा अध्ययन गरि आउनुभएका डाक्टर प्रकाश वाग्लेले उपचार गराउने छन् । डाक्टर प्रकाश वाग्लेसंग चितवनपाटीले गरेको कुराकानी ।।

स्वागत छ यहाँलाई चितवनपाटीसंगको कुराकानीमा ।
धन्यवाद ।

चितवनमा यहाँको थेरापी सेन्टर कहाँ छ ?

नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टर चितवन स्थीत खैरहनी नगरपालिका वडा नं ८, पर्सा बजारको मगनी चोकमा छ । साउन ५ गतेबाट सञ्चालनमा आउदै छ । उपचार सेवा राम्रो तरिकाले चलाउने हाम्रो उदेश्य छ ।

तपाईको नेपाल प्राकृतिक उपचार तथा थेरापी सेन्टरमा के कस्ता उपचार हुन्छन् ? बिरामी किन जाने ?

निकै महत्तपुर्ण प्रश्नको लागि धन्यवाद । वास्तवमा भन्ने हो भने हामी आधुनिकता भन्दै प्राकृतिक वस्तुहरु कम महत्व दिन्छौं । तर पछिल्लो समय मानिस प्रकृतीसंग रमाउन खोजेको पाईन्छ । विशेषत हाम्रोमा प्राकृतिक विधिबाट उपचार हुन्छ । हामीसंग अत्याधुनिक प्रविधिको QRMA मेसिनद्धारा WHOLE Body Scan गरि चेक गरिन्छ । विशेष त फिजोयोथेरापी, स्टिम बाथ र Detox नै हो । यो संगै नशा तथा हाडजोर्नी, प्यारालाइसिस,माइग्रेन, पाइल्स, ग्याष्ट्रिक, कब्जियत, अल्सर, प्रेसर, सुगर, नशा च्यापिएको, बाथ, युरिक एसिड लगायतका रोगहरुको उपचार हुनेछ ।

Detox शरिरको लागि किन आवश्यक छ ?

शरिरमा भएका विकार निकाल्नु भनेको Detox हो । जसरी गाडीमा मोबिल फेर्नु पर्छ । गाडी राम्रोसंग चल्छ । मानिस चल्नु परेन । शरिरमा भएका विकार विभिन्न किसिमले लाग्छन् । मानिसमा धेरै तनावहरु आउछन् । शरिरमा मर्मत र जाँच गर्न आवश्यक छ ।

अत्याधुनिक प्रविधिको QRMA मेसिनद्धारा WHOLE Body Scan गरि चेक गरिन्छ । भन्नुभयो ? यसको बारेमा केहि भन्नुस् न ?

यो विशेष प्रकारको मेसिन हो । यसले ४२ प्रकारका रोग तथा अंगहरुको बारेमा स्कान गरि पत्ता लगाउछ । जसले रोग सहजै पत्ता लगाउछ ।

ओपनिङ्कको विशेष छुट सुविधा केहि छ की ?

तपाईले राम्रो प्रश्न गर्नुभयो । हाम्रो उदेश्य नै सेवा दिनु हो । प्राकृतिक उपचारबाट रोग पुन ब्युतिदैन भन्ने मेरो भनाई हो । नाफाको लागि नभई हामीले सेवा दिनु छ । ओपनिङमा हामीले थेरापीमा २० प्रतिशत, WHOLE Body Scan मा ३० प्रतिशत, स्टिम बाथमा २० प्रतिशत र Detox मा १५ प्रतिशत छुट रहने छ ।

यहाँको महत्वपुर्ण समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद ?

धन्यवाद चितवनपाटी टीमलाई पनि धेरै धेरै धन्यवाद ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी