स्वास्थ्यसम्बन्धी २२ वटा महत्त्वपूर्ण खोप परियोजना रोक्ने अमेरिकाको निर्णय

काठमाडौं, २२ साउन : अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ.केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत कुल ५० करोड डलरको अनुदान रद्द गर्ने निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

केनेडीले खोपलाई समस्याग्रस्त भन्दै नयाँ सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताउनु भएको छ । स्वास्थ्य विज्ञहरूले भने यो निर्णय अत्यन्तै खतरनाक भनेका छन् । प्रख्यात खोप विज्ञ डा.पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौंको ज्यान बचाएको र भविष्यको महामारी नियन्त्रणमा यसको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा