पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर

काठमाडौं, २२ साउन : पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको हो ।

आज कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरु तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्तिम अपडेट: साउन २२, २०८२

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा