सुनको भाउमा कीर्तिमान, एकैदिन एक हजार रुपैयाँले बढ्यो

काठमाडौं, २३ साउन : आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । हिजो सुको भाउ तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा