काठमाडौं, २ भाद्र : सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो ।





