सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौं, २ भाद्र : सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने