सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं, ७ असोज : सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ५० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ