मधेशको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

काठमाडौं, २९ असोज : मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस र एमालेबाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

सोनललाई ५ दलका ५६ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेशमा सरकार निर्माणका लागि एक सय ७ सदस्यीय प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै