आइएमई लाइफकी एजेन्सी म्यानेजर धनु बनिन् एमडीआरटी

चितवन, २० पौष : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी म्यानेजर धनु तिमिल्सिना सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् ।

तिमिल्सिना २०८१ सालबाट आइएमई लाइफमा प्रवेश गरेकी हुन् । आइएमई लाइफमा काम सुरु गरेको एक वर्षमा नै उनले एमडीआरटीको लक्ष्य हासिल गरेकी हुन् ।

तिमिल्सिनाले कम्पनीले दिने हरेक टार्गेट पूरा गर्न आँफु सदा तयार रहेको गरेको बताइन् । पर्साको ठोरीमामा जन्मिएकी धनुको भरतपुरमा व्यवसाय समेत रहेको छ । तिमिल्सिना आइएमई लाइफ इन्स्योरेन्सको नारायणघाट शाखामा एजेन्सी म्यानेजरको रुपमा आबद्ध छिन् ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम