शेयर बजार २ हजार ७ सय विन्दुमुनि झर्‍याे, काराेबार रकम खुम्चियाे

काठमाडौं, १८ माघ : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८५ अङ्कले घटेर २ हजार ६ सय ९४ दशमलव २० विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ७५ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १ वटा कम्पनीको शेयर घटेकोमा ५० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर ९ दशमलव ७० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार १४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका २ करोड २० लाख कित्ता शेयर ९ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा