शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना शुरू

काठमाडौं, ८ बैशाख : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना शुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको सहभागितामा गणना थालिएको हो । यसका लागि ३५ जना जनशक्ति परिचालन गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार गणनाका लागि चारवटा मचानसहित दुई वटा गाडी र तीन वटा हात्तीको सहायता लिइनेछ । आजदेखि शुरू भएको गणना यही वैशाख १२ गतेसम्म हुनेछ । निकुञ्जको माझगाउँ मुख्य कार्यालयदेखि झण्डै २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान मानिन्छ ।

२०८१ सालमा गरिएको गणनामा त्यहाँ दुई हजार १८२ बाह्रसिङ्गा देखा परेका थिए । बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजातिका रूपमा रहेको छ । पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको सङ्ख्यासमेत बढ्दो छ । -रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा