चाङ्गान नेभो क्यु ०५ विद्युतीय गाडी चितवनमा सार्वजनिक

चितवन, २९ भाद्र : चाङ्गान नेभो क्यु ०५ विद्युतीय गाडी चितवनमा सार्वजनिक गरिएको छ ।  एमएडब्लु वृद्धि अटोकोर्प प्रा.लि. अन्तरगतको अधिकृत चाङगान डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले नयाँ नेभो क्यु ०५ विद्युतीय गाडी भरतपुरमा आइतबार साँझ सार्वजनिक गरेको हो ।  कार्यक्रममा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, काडा चितवनका अध्यक्ष इन्द्र रेग्मी, एमएडब्लु वृद्धिका निर्देशक पार्थ सिकरिया र एमएडब्लु वृद्धि अटोकोर्प प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्द र राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष दिलीप थनेतले नेभो क्यु ०५ विद्युतीय गाडी संयुक्तरूपमा  सार्वजनिक गर्नुभएको हो ।

राजहंस अटोमोबाइल प्रा.लि.का अध्यक्ष दिलीप थनेतका अनुसार गाडी सोमबारदेखि आगामी भाद्र ३१ गतेसम्म भरतपुरको रिजाल चोकमा रहेको दीपल शोरुममा टेस्ट ड्राइभ समेत गर्न सकिनेछ । दीपललाई दिएको माया जस्तै नेभो क्यु ०५ विद्युतीय गाडी पनि सबैले माया गर्नेमा विश्वासले लिएको बताए । उनका अनुसार ३ जिल्ला चितवन, नवलपुर र मकवानपुरका सेवाग्राहीलाई सेवा दिने उदेश्यले चितवनमा शोरुम खोलेको बताए । सार्वजनिक गाडीको अल्ट्रा भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य प्रस्तुत गरिएको छ । चाङ्गान नेभो क्यु ०५ एउटा कम्प्याट इलेक्ट्रिक एसयुभी हो । जसले कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘ए क्लास अनुभव’ प्रदान गर्ने गरि डिजाइन गरिएको एमएडब्लु वृद्धि अटोकोर्प प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दले जानकारी दिए ।

गाडीमा बाहिरी आकारसंगै फराकिलो र व्यवहारिक केबिन प्रदान गरिएको छ । पछाडीको सिट ब्याकमा २८ र ३३ डिग्रीका दुई वटा रिक्लाइनिङ पोजिसन उपलब्ध छन् भने सिटहरुमा एर्गोनोमिक नौ तहको निर्माण गरिएको छ । चाङ्गान नेभो क्यु ०५ मा ५४० लिटर डुअल–लेभल बुटसहित ९० लिटर लुकेको स्टोरेज, २९ वटा व्यावहारिक स्टोरेज तथा ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टहरु रहेका छन् । गाडीमा Q05 मा CATL Golden Shield 2.0 ब्याट्री रहेको छ, जसले ३०% देखि ८०% सम्म चार्ज हुन केवल १५ मिनेट समय लिन्छ। अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त यसको डिजाइनले चीनमा आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि नम्बर १ एसयूभीको स्थान कायम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुवेदीले गाडी विक्रीसंगै त्यसका पार्टस् र अन्य सेवा सुविधा साथै बिक्री पछिको सेवा नै ग्राहकले खोज्ने गरेको बताए । १२० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित NEVO Q05 ले NEDC परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ kWh मात्र रहेको छ।

संबन्धित शिर्षकहरु

यमनमा हुथी विद्रोहीकाे आक्रमणमा परी ५ सय सरकारी सैनिकको ज्यान गयाे, १५ सय घाइते

इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतकाे अफगानिस्तानमाथि सहज जित